एनएसएलको आउँदो सिजनका लागि सी-श्रेणी ड्राफ्ट खेलाडीहरूको घोषणा
काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल)ले आफ्नो बहुप्रतिक्षित सी-श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ । आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुनिश्चित गरेको हो।
सी-श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए, जसमध्ये आज २७ जना छनोट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्ट अघि एक खेलाडीलाई कायम राखेको छ। प्रत्येक फ्रान्चाइजीले लिगमा सीप, जोश र क्षमता ल्याउने चार खेलाडीहरू छनोट गरेर आफ्नो रोस्टरलाई अन्तिम रूप दिएको छ।
एनएसएल सी-श्रेणी खेलाडी ड्राफ्ट मार्फत सातै टिमहरूका लागि निष्पक्ष छनोट प्रक्रिया सुनिश्चित गरिएको छ। प्रत्येक टिमले चारजना खेलाडी छनोट गरेका छन्। ड्राफ्टको क्रम लटरी प्रणाली मार्फत निर्धारण गरिएको थियो। पहिलो चरणमा टिमहरूलाई क्रमैसँग छनोट गर्ने अवसर दिइएको थियो भने त्यसपछि चाहिँ स्नेक ढाँचामा चयन प्रक्रिया अगाडि बढेको थियो ।
यस अनुसार प्रत्येक अल्टरनेट चरणमा छनोटको क्रम उल्टो गरी गरिएको थियो। उदाहरणका लागि, पहिलो र तेस्रो चरणमा टिम १ देखि टिम ७ सम्म चयन गर्ने क्रममा थियो भने दोस्रो र चौथो चरणमा टिम ७ बाट टिम १ सम्मको क्रम अपनाइएको थियो। यस प्रणाली अनुसार सबै टिमहरूले आफ्नो सी-श्रेणी खेलाडी कोटा पूरा गरेका छन्।
ड्राफ्टको पहिलो चरणमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठलाई स्वागत गरेको थियो भने धनगढी एफसीले अमृत श्रेष्ठलाई अनुबन्ध गरेको थियो। एफसी चितवनले विवेक गुरुङलाई छनोट गरेको छ भने झापाले सृजन दानीलाई छनोट गरेको छ। काठमाडौँ रेजर्स एफसीले भरत चौधरी, ललितपुर सिटी एफसीले मनोज राई र पोखरा थन्डर्स एफसीले नरेन चौधरीलाई रिटेन गरेको छ।
दोस्रो चरणमा बुटवल लुम्बिनी एफसीले निङ्साङ लिम्बु र धनगढी एफसीले रोहन खड्गीलाई छनोट गरेको छ। एफसी चितवनले शिशिर चौधरी र झापा एफसीले एरोन थापालाई छनोट गरेको छ। काठमाडौँ रेजर्स एफसीले मौसम लुंगेली मगरलाई, ललितपुर सिटी एफसीले पवन शाहीलाई र पोखरा थन्डर्स एफसीले गौरव श्रेष्ठलाई छनोट गरेको छ।
तेस्रो राउण्डमा बुटवल लुम्बिनी एफसीले खेमराज श्रेष्ठलाई छनोट गरेको छ भने धनगढीले हरिशराज बठिट्टालाई प्राप्त गरेको छ। एफसी चितवनले विशाल स्याङ्तेनलाई टोलीमा राखेको छ भने झापाले श्याम मुर्मुलाई छनोट गरेको छ। काठमाडौँ रेजर्स एफसीले पुस्कर खड्का, ललितपुर सिटी एफसीले दिपेश घले र पोखरा थन्डर्स एफसीले सकल रेग्मीलाई अनुबन्ध गरेको छ।
त्यस्तै, चौथो राउण्डमा बुटवल लुम्बिनी एफसीले मनिष सेडाई र धनगढीले सन्तोष महतलाई छनोट गरेको छ। एफसी चितवनले आफ्नो स्थान बलियो बनाउनको लागि प्रदीप भण्डारीलाई लिएको छ भने झापा एफसीले अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ। काठमाडौँ रेजर्स एफसीले पेम्बा दोर्जे लामा, ललितपुर सिटी एफसीले अनिश क्षेत्री र पोखरा थन्डर्स एफसीले प्रवीणकुमार सुनारलाई ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण