अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
सोमबार, २६ फागुन २०८१, १६ : ३६

काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएका ४ विधेयकहरूलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन्।
अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलवार राष्ट्रपतिकहाँ पठाइने उनको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० विद्युतीय व्यापार विधेयक, २०८० विधायन सम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन् ।
विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
-
पालिकाले अस्पताल चलाएनन् भन्ने होइन, अब संघले नै चलाउनुपर्छ
-
बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा
-
पालिकास्तरीय अस्पतालमा प्रदेश सरकारलाई किन जोडिएन ?