बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

बौरिन खोज्दै राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी

सोमबार, २६ जेठ २०८२, ०९ : ३५
सोमबार, २६ जेठ २०८२

सारांश

  • चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भयो र सार्वजनिक तथा निजी संरचनामा क्षति पुग्यो।
  • जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको प्रशासनिक भवनमा तोडफोड र उत्पादन भवनमा आगजनी हुँदा कम्पनीको काम एक महिना ठप्प भयो।
  • वन मन्त्रालयको सहयोगमा कम्पनीले एक महिनामै उत्पादन सुरु गर्‍यो, तर मेसिन जलेका कारण अहिले कर्मचारीले नै काम गर्नुपर्दा उत्पादन क्षमता घटेको छ।

काठमाडौँ । चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौँ मानिसहरू घाइते भएका थिए । साथै सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी गरिएको थियो । 

Herbs Production and Processing Company_-1050

सो दिनको घटनामा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन। कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाइएर पूर्ण रूपमा प्रयोग विहीन नै बनाइएको थियो। 

Herbs Production and Processing Company_-1041

यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्ने र उत्पादित बस्तुको बजारीकरण देखिका कामहरू केन्द्रीय कार्यालयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले बताइन् ।

Herbs Production and Processing Company_-1042

अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाका बिच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन् । यस कार्यका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।

Herbs Production and Processing Company_-1043

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रूपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन रिजालले बताइन् ।

Herbs Production and Processing Company_-1040Herbs Production and Processing Company_-1044Herbs Production and Processing Company_-1045Herbs Production and Processing Company_-1046Herbs Production and Processing Company_-1047Herbs Production and Processing Company_-1048Herbs Production and Processing Company_-1049Herbs Production and Processing Company_-1051

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप