बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
सोमबार, २६ जेठ २०८२, ०९ : ५२
सारांश
- कास्कीको बेगनास तालमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्।
- गोरखाका ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार साँझ तालमा बेपत्ता भएको खबर प्राप्त भएको थियो।
- सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उनको खोजी कार्य सुरु गरेको छ।
कास्की । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका व्यक्तिको गोताखोरद्वारा खोजी सुरु भएको छ ।
आइतबार साँझ कास्कीको पोखरा महानगरपालिका- ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।
श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण