बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु
सोमबार, २६ जेठ २०८२, ०९ : ५२
_tH4KVzJzFa.jpg)
समाचार सारांश
- कास्कीको बेगनास तालमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्।
- गोरखाका ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार साँझ तालमा बेपत्ता भएको खबर प्राप्त भएको थियो।
- सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उनको खोजी कार्य सुरु गरेको छ।
कास्की । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका व्यक्तिको गोताखोरद्वारा खोजी सुरु भएको छ ।
आइतबार साँझ कास्कीको पोखरा महानगरपालिका- ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।
श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’