गुजरातमा लगातार दुई भूकम्प
मङ्गलबार, २७ फागुन २०८१, १४ : ५८

गुजरात । भारतको गुजरातमा मंगलबार लगातार दुईवटा भूकम्प गएको छ । त्यहाँको कच्छ जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प अनुसन्धान संस्थानले जानकारी दिएको हो ।
बिहान ११ बजेर १२ मिनेट जाँदा ३ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको रापरबाट १६ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।
त्यसको एक मिनेटपछि पुनः २.८ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यसको केन्द्र भचाऊदेखि उत्तर–पूर्वमा थियो । भूकम्पपछि जिल्ला प्रशासनले सबै क्षेत्रमा सतर्कता बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्