‘विपद् जोखिम न्यूनीकरणका लागि मिलेर काम गर्नुपर्ने’

धनगढी । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपत्कालीन गोदामघरलाई केन्द्रीय आपत्कालीन गोदामघरको रूपमा विकास गर्ने योजना रहेको बताएका हुन् ।
उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै भए पनि प्रदेशमा रहेका आपत्कालीन गोदामघरलाई आवश्यक सामग्री उपलब्ध गराइने बताए । सरकारले प्रदेशलाई हस्तान्तरण गरेको आपत्कालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको गृहमन्त्री लेखकले उल्लेख गरे । विपद्मा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिए ।
सो अवसरमा गृहमन्त्री लेखकले प्रादेशिक आपत्कालीन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरे । कार्यक्रममा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसाललगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व मुख्यसचिव गौतमको निधन
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?