‘विपद् जोखिम न्यूनीकरणका लागि मिलेर काम गर्नुपर्ने’
धनगढी । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपत्कालीन गोदामघरलाई केन्द्रीय आपत्कालीन गोदामघरको रूपमा विकास गर्ने योजना रहेको बताएका हुन् ।
उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै भए पनि प्रदेशमा रहेका आपत्कालीन गोदामघरलाई आवश्यक सामग्री उपलब्ध गराइने बताए । सरकारले प्रदेशलाई हस्तान्तरण गरेको आपत्कालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको गृहमन्त्री लेखकले उल्लेख गरे । विपद्मा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिए ।
सो अवसरमा गृहमन्त्री लेखकले प्रादेशिक आपत्कालीन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरे । कार्यक्रममा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसाललगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण