साफ यु–१९ च्याम्पियनसिपमा नेपाल भारतको समूहमा
काठमाडौँ । नेपाल साफ यु–१९ च्याम्पियनसिपमा घरेलु टोली भारत रहेको समूह ‘बी’ मा परेको छ ।
आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा तेस्रो संस्करणको साफ यु–१९ च्याम्पियनसिप हुँदैछ ।
सोही च्याम्पियनसिपका लागि मंगलबार काठमाडौँमा भएको ड्रमा नेपाल आयोजक भारतको समूहमा ‘बी’ मा परेको हो । यस साफमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । नेपालको समूहमा श्रीलंका छन् ।
अर्को समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् । सन् २०२३ मा नेपालमा नै भएको साफ यु–१९ च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि उचालेको थियो । सन् २०२४ मा भने यु–२० साफ च्याम्पियनसिप भएको थियो ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरण छ । लिगकम नकआउटका आधारमा हुने यस साफमा कुल ९ खेल हुनेछन् । खेलहरू आरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण