क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
बुधबार, २८ फागुन २०८१, ०० : ५८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले हाल लागू भन्सार शुल्कमा थप २५ प्रतिशत बढाएर ५० बनाउने बताएका हुन् । र, जुन बुधबारबाट लागू हुने उनको जिकिर छ ।
गहिरिंदो व्यापार युद्धबीच ट्रम्पले ओंटारियाले उत्तरी छिमेकी राज्यमा पठाउने विजुलीमा लगाएको २५ प्रतिशत आयातकरको बदलामा यो कदम उठाउन लागेको प्रतिक्रिया दिएका छन् ।
यसको प्रतिक्रिया स्वरुप ओंटारियोका प्रिमियरले भने, ‘हामी पछि हट्दैनौं । र ट्रम्पको अराजकता रोक्छौं ।’ उसले विजुली निर्यातमा कटौती गर्ने बताएपछि ह्वाइट हाउसले त्यसलाई ‘घोर अपमानजनक’ भनेको छ । नयाँ भन्सार शुल्क लागू भएपछि ट्रम्पले प्रभावित राज्यमा विजुलीलाई लिएर आपतकाल घोषणा गर्ने बताइँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण