क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
बुधबार, २८ फागुन २०८१, ०० : ५८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले हाल लागू भन्सार शुल्कमा थप २५ प्रतिशत बढाएर ५० बनाउने बताएका हुन् । र, जुन बुधबारबाट लागू हुने उनको जिकिर छ ।
गहिरिंदो व्यापार युद्धबीच ट्रम्पले ओंटारियाले उत्तरी छिमेकी राज्यमा पठाउने विजुलीमा लगाएको २५ प्रतिशत आयातकरको बदलामा यो कदम उठाउन लागेको प्रतिक्रिया दिएका छन् ।
यसको प्रतिक्रिया स्वरुप ओंटारियोका प्रिमियरले भने, ‘हामी पछि हट्दैनौं । र ट्रम्पको अराजकता रोक्छौं ।’ उसले विजुली निर्यातमा कटौती गर्ने बताएपछि ह्वाइट हाउसले त्यसलाई ‘घोर अपमानजनक’ भनेको छ । नयाँ भन्सार शुल्क लागू भएपछि ट्रम्पले प्रभावित राज्यमा विजुलीलाई लिएर आपतकाल घोषणा गर्ने बताइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए
-
हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित