इन्डियन प्रिमियर लिग क्रिकेटको सुरुवाती चरणको खेलमा देखिने छैनन् यी चर्चित खेलाडी
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । सहभागी टोलीहरु अहिले प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छन् ।
तर, यसपटक आईपीएलको सुरुवाती चरणका खेलहरुमा केही प्रभावशाली खेलाडी देखिनै छैनन् । अस्ट्रेलियाका प्रभावशाली खेलाडी मिचेल मार्श आईपीएलको सुरुवाती चरणको खेलमा देखिने छैनन् । उनी आईपीएलको आगामी संस्करणका लागि लखनउ सुपर जायन्ट्समा आबद्ध छन् ।
अस्ट्रेलियाको टी–२० टोलीका कप्तानसमेत रहेका मिचेल मार्स हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा पनि सहभागी थिएनन् । उनी हाल घाइते छन् । उनी कहिलेदेखि आईपीएल टोली लखनउ सुपर जायन्ट्समा फर्कन्छन् भनेर केही बताइएको छ ।
यसैगरी, प्रतियोगिताको मिति नजिकिँदै जाँदा लखनउ सुपर जायन्ट्सका प्रभावशाली युवा खेलाडी मयंक यादव पनि घाइते छन् । उनले पनि चोटका कारण सुरुवाती चरणको करिब आधा खेल गुमाउने बताइएको छ ।
उनी केही समयअघि घाइते भएका थिए । मयंकलाई लखनउले ११ करोड भारतीय रुपैयाँमा मेगा अक्सनअघि नै ‘रिटेन’ गरेको थियो । मयंकले गत अक्टोबरमा बंगलादेशविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलपछि नै उनी घाइते भएका थिए ।
मयंकको पिठ्यूँको तल्लो भागमा गम्भीर चोट लागेको थियो । स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनले आईपीएलको सुरुवाती चरणको आधा खेल गुमाउने भएका हुन् । अघिल्लो सिजनको आईपीएलमा उनले चार खेल खेल्दै सात विकेट लिएका थिए ।
यसैगरी, मुम्बई इन्डियन्सका प्रभावशाली बलर जसप्रित बुमराह पनि आईपीएलको सुरुवाती चरणको खेलमा देखिने छैनन् । उनी पनि हाल घाइते छन् । अस्ट्रेलिया र भारतबिचको बोर्डर–गावस्कर शृंखलादेखि नै बुमराह घाइते अवस्थामा छन् ।
घाइते भएकै कारण उनले हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफी पनि गुमाएका थिए । बुमराहको पिठ्यूँमा समस्या देखिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा अपेक्षित सुधार आइरहेको बताइएको छ । त्यसैले आईपीएलको सुरुवाती चरणको खेल गुमाए पनि उनी छिट्टै टोलीमा फर्किने अनुमान गरिएको छ ।
यसका अतिरिक्त मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याले पनि आगामी आईपीएलको पहिलो खेल गुमाउने छन् । अघिल्लो सिजनको आईपीएलको अन्त्यतिर एक खेलको प्रतिबन्ध लागेका कारण हार्दिक पाण्ड्याले आगामी आईपीएलको पहिलो खेल गुमाउने भएका हुन् ।
सन् २०२४ को आईपीएलमा पनि हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका कप्तान थिए । त्यतिबेला तीन खेलमा ‘स्लो ओभर रेट’ का कारण उनीमाथि एक खेलको प्रतिबन्ध लागेको थियो । त्यतिबेला उनी प्रतिबन्धमा पर्दा मुम्बई इन्डियन्सले आफ्नो सबै खेल खेलिसकेको थियो ।
त्यसैले हार्दिक पाण्ड्याले अघिल्लो सिजनमा आफूमाथि लागेको प्रतिबन्ध सन् २०२५ को आईपीएलमा भोग्नु पर्ने भएको हो । आगामी सिजनको आईपीएलका खेलहरु भारतका १३ सहरमा खेलिने छ । आगामी संस्करणमा १० वटा टोलीले कुल ७४ खेल खेल्नेछन् ।
यसैगरी, अस्ट्रेलियाका चर्चित बलर जस हेजलउड पनि आगामी आईपीएलको सुरुवाती चरणको खेलमा देखा पर्ने सम्भावना निकै कम छ । उनी पनि अहिले घाइते छन् । आईपीएलको आगामी संस्करणका लागि उनी रोयल च्यालेन्जर्स बेंगलुरुसँग जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026