दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानुनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको टेलिकम उद्योग पुनरुत्थान कार्यक्रममा मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको विकाससँग अघि बढ्नुपर्ने र पुराना ऐन कानुन परिमार्जन हुने जानकारी दिएका हुन् ।
प्रविधिको विकाससँगै टेलिकम क्षेत्रको विकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनको भनाई थियो । मन्त्री गुरुङले आफू मन्त्री भए पनि प्रविधिको क्षेत्रमा विकास गर्न खाजेपनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गरे । उनले विधेयकहरू लामो समय अड्किदा समयमा नै कानुन निर्माण हुन नसकेकाले संसद्ले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए ।
विधेयक पास गर्न ५–६ वर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक विकासका लागि अत्यावश्यक कानुन बनाउन अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले समाजलाई विभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको धारणा राखे ।
उनले दुर्गा प्रसाईँजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप समेत लगाए ।
त्यस्तै उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भई संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबैको छलफल र सुझावपछि सदनमा पेस गर्ने जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण