नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियनको बराबरी
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा नयाँ बस्ती युथ र ब्वाइज युनियनले गोलरहित बराबरी खेलेका हुन् ।
बराबरीसँग दुवै टोलीले १–१ अंक बाँडेका छन् । लिगमा दुवै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् ।
खेलमा नयाँ बस्ती युथ र ब्वाइज युनियनले गोल गर्ने निकै अवसर पाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलको प्लेयर अफ द म्याच नयाँबस्तीका योगेश धिमाल भएका छन् ।
एन्फाले आयोजना गरेको लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । जसमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेका छन् ।
सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण