अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा पुनः सुनुवाइ सुरु भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज अधिवक्ता ओमप्रकाश अर्यालले पूर्णमाया तामाङका तर्फबाट बहस गरेका थिए । यसअघि गत असोज ९ गते निर्णय सुनाउने मिति तय भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो ।
२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटासहित माओवादी कार्यकर्ताहरुविरुद्ध किटानीङ जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन मानेन ।
सर्वोच्च अदालतको आदेशपछि २०६९ मंसिरमा सापकोटासहित माओवादी नेताहरुविरुद्ध रिटा दायर भएको थियो । सर्वोच्चमा सापकोटाविरुद्ध तीन थान रिट निवेदन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण