पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायी वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेको बताएका छन् । बुधवार काठमाडौँमा टानद्वारा आयोजित लोसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायी वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेको बताए ।
‘व्यवसायी वातावरण निर्माणका लागि सरकारले भरखर केही अध्यादेश जारी गरेका छौँ । अध्यादेश सङ्घीय संसदबाट स्वीकृत भइसकेका छन् । आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही विधेयक अगाडि बढाएका छौँ,’ उनले भने ।
निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईंको व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन कसरी सकिन्छ । त्यसका लागि नेपाल सरकार तपाईंहरुसँग मिलेर काम गर्न तयार छ,’ उनले भने ।
पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईंहरुले भिसाको कुरा गर्नुभएको छ । कतिपय क्षेत्रमा आवागमन अवरुद्धको कुरा उठाउनुभएको छ । यसको सहजता र सरलताका लागि हामी तयार छौँ । यी विषयमा छलफलका लागि सम्बन्धी मन्त्रालयमा आउनुहोस्,’ उनले भने ।
पर्यटनको विकासका लागि टानले योगदान गरेको भन्दै पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले टानले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेको बताए । ‘हामीसँग प्राकृतिक सम्पदा छ, प्राकृतिक सुन्दरता छ । नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ । भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धरोहर छन् । टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण