एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
बिहीबार, २९ फागुन २०८१, ०४ : २९
काठमाडौं । इंग्लिश क्लब एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-० को सहज जित निकालेको एस्टन भिल्ला समग्रमा ६-१ गोल अन्तरले अघि रहँदै क्वार्टरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा एस्टनले बेल्जियमको क्लब ब्रुगलाई ३-१ गोल अन्तरले हराएको थियो । एस्टनको फराकिलो जितमा बुधबार मार्को असेन्सियोले दुई गोल गर्दा इयान मात्सेनले एक गोल गरे । क्लब ब्रुगका किरियानी सब्बे १७ मिनेट मै रातो कार्ड खाएर बाहिरिएपछि टोली तनावमा आयो र दोस्रो लेगमा गोलविहिन बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण