मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबिच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरे ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उनको विश्वास छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा, र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताए । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उनले विशेष जोड दिएका छन् ।
पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसङ्गति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्रीले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गरे । होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग, र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गरेका छन् ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये होली अवसरमा आज पहाडी ६ जिल्ला सार्वजनिक दिएको छ। भने भोली बाँकी ६ जिल्ला हुने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश नीतिमा बौद्ध धर्मको प्रभाव, के गर्दैछन् भारत, चीन र नेपाल ?
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण