ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली अलराउन्डर मिचेल मार्शले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण खेल्ने अन्योल थियो । चोटका कारण उनले हालै सपम्न्न आईसीसी च्याम्पियन्स ट्रफीमा पनि सहभागिता जनाएका थिएनन् ।
तर, अहिले आएर क्रिकेट अस्ट्रेलियाले केही निश्चित शर्तको अधिनमा रहने गरी मिचेल मार्शलाई आगामी आईपीएल खेल्ने अनुमति दिएको समाचारमा जनाइएको छ । आगामी आईपीएलका लागि उनी लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् ।
अस्ट्रेलियाको टी–२० टोलीको कप्तानसमेत रहेका मिचेल मार्शको स्वास्थ्यमा सुधार आएकाले उनलाई आईपीएल खेल्ने अनुमति दिइएको समाचारमा जनाइएको छ । तर, आगामी आईपीएलमा उनलाई ब्याटिङमात्र गर्ने अनुमति दिइएको छ ।
३३ वर्षीय अलराउन्डर मार्शले आईपीएलमा बलिङ भने गर्न पाउने छैनन् । उनको पिठ्यूँमा समस्या देखिएको छ । बलिङ गर्दा पुनः पिठ्यूँको समस्या बल्झने सम्भावना रहेकाले उनलाई ब्याट्सम्यानका रुपमा आईपीएल खेल्ने अनुमति दिइएको हो ।
फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिगको १८औँ संस्करण मार्च २२ तारिखमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण