ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति

काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली अलराउन्डर मिचेल मार्शले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण खेल्ने अन्योल थियो । चोटका कारण उनले हालै सपम्न्न आईसीसी च्याम्पियन्स ट्रफीमा पनि सहभागिता जनाएका थिएनन् ।
तर, अहिले आएर क्रिकेट अस्ट्रेलियाले केही निश्चित शर्तको अधिनमा रहने गरी मिचेल मार्शलाई आगामी आईपीएल खेल्ने अनुमति दिएको समाचारमा जनाइएको छ । आगामी आईपीएलका लागि उनी लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् ।
अस्ट्रेलियाको टी–२० टोलीको कप्तानसमेत रहेका मिचेल मार्शको स्वास्थ्यमा सुधार आएकाले उनलाई आईपीएल खेल्ने अनुमति दिइएको समाचारमा जनाइएको छ । तर, आगामी आईपीएलमा उनलाई ब्याटिङमात्र गर्ने अनुमति दिइएको छ ।
३३ वर्षीय अलराउन्डर मार्शले आईपीएलमा बलिङ भने गर्न पाउने छैनन् । उनको पिठ्यूँमा समस्या देखिएको छ । बलिङ गर्दा पुनः पिठ्यूँको समस्या बल्झने सम्भावना रहेकाले उनलाई ब्याट्सम्यानका रुपमा आईपीएल खेल्ने अनुमति दिइएको हो ।
फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिगको १८औँ संस्करण मार्च २२ तारिखमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौचरन बनेको ५२ बिघामा केराखेती, हरियाली बनायो सहकारीले
-
एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
-
पूर्व मुख्यसचिव गौतमको निधन
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप