बाराबाट १३ किलो गाँजासहित एक महिला पक्राउ
बिहीबार, २९ फागुन २०८१, १७ : ४४
बारा । बारा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट एक जना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट रामवनबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी सुशीला गोलेलाई पक्राउ गरेको हो ।
हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुवाहक माइक्रोलाई रोकेर जाँच गर्दा उक्त गाडीबाट १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण