बर्दियाको मधुवनी नगरपालिकाका वडाअध्यक्ष विद्युत चोर्दा–चोर्दै पक्राउ
सोमबार, २१ जेठ २०७५, ११ : ३२
काठमाडौँ । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् ।
आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए ।
गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेपछि प्राधिकरणले उनलाई जरिवाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक अधिकृतले रातोपाटीलाई बताए ।
विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र स्रोतका अनुसार थारुले ८ हजार १ सय ९९ सय रुपैयाँ जरिवाना तिरेका छन् ।
हुकिङ गरेको बिजुलीबाट उनले तीनओटा सिएफएल चिम बालेको र पानी तान्ने मोटर चलाएको खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण