अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
शुक्रबार, ०१ चैत २०८१, १५ : ३४
काठमाडौँ । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् ।
अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न आरोपमा उनलाई वीरगन्जको लालपर्साबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए । उनले वीरगन्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा कोठा लिएर कल बाइपास गरेको भेटिएको छ ।
उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कल बाइपासमा प्रयोग भएको उपकरण प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण