ट्रम्पले भने-युक्रेन युद्धबारे पुटिनसँगको वार्ता ‘सफल एवं सार्थक’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता सार्थक भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियल पोष्टमार्फत युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिन सकारात्मक रहेको बताउँदै वार्ता ‘सफल एवं सार्थक’ भएको जनाएका हुन् ।
पुटिन र अमेरिकी दूत स्टीभ विटकोफबीच बिहीबार साँझ मस्कोमा भएको भेटपछि यो प्रगति भएको ट्रम्पले उल्लेख गरेका छन् । त्यस दौरान अमेरिकी दूत स्टीभले सूचना आदान–प्रदानसँगै शान्ति प्रक्रियामा अमेरिकाको संवेदनशील आशावादबारे थाहा दिएको क्रेमलिनले समेत पुष्टि गरेको छ ।
ट्रम्पले भनेका छन्, ‘एक निकै राम्रो मौका मिलेको छ, भयानक खूनी युद्ध अन्ततः अन्त्य हुनसक्छ ।’ तर, हालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको हालसम्मका गतिविधि र प्रतिक्रियाले रुस अझै युद्ध जारी राख्न खोजिरहेको भन्दै शंका जाहेर गरेका छन् । रुसमाथि उनले युद्धविराम वार्ता भाँड्न खोजेको तथा युद्धविराम नचाहेको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण