मैले कुनै सरकारी जग्गा कब्जा गरेको छैन : केसी
काठमाडौँ । चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन् । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिवार स्थानीय जनप्रतिधिलगायतलाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाएको भन्दै कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका हुन् ।
उनले कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको र कित्ता नम्बर ६२ सरकारको नाममा रहेको जिकिर समेत गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नगरेको समेत स्पष्ट पारे । कित्ता नम्बर ६१ आफ्नो श्रीमतीको नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नम्बर ६२ आफ्नो नाममा कायम भएको समेत उनले स्पष्ट पारे ।
केसीले अब सरकारको नाममा रहेको जग्गा नचाहिने र सरकारी जग्गा दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए । डा केसीले आफूमाथि लगाएको आरोपले आफू नडराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण