साझा यातायातले पाएन सीईओ, पुनः दरखास्त आह्वान
काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । पहिलोपटक खुलाइएको आवेदनमा कुनै पनि उम्मेदवार योग्य नदेखिएपछि दोस्रो पटकका लागि आवेदन आह्वान गरिएको हो । यसअघि साझाले पुस २९ गते सूचना प्रकाशन गरी सीईओ माग गरेको थियो ।
यसका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन लगायत विषयमा स्नातकोत्तर गरेका ३५ देखि ६३ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिनसक्ने उल्लेख गरिएको छ ।
साझाको सीईओ बन्न आवेदन दिने म्याद २१ दिन तोकिएको छ । यसका लागि उम्मेदवारले विस्तृत कार्ययोजना छुट्टै खाममा सिलबन्दी गरी बुझाउनुपर्ने र त्यसको सफ्ट कपि समेत पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
सीईओ बन्न कम्तीमा ५ करोड चुक्ता पुँजी भएको र कम्तीमा १० जना पूर्णकालीन कर्मचारी भएको पाँच वर्ष भन्दा पुरानो कम्पनीमा कार्यअनुभव भएको तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा अधिकृतस्तरको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा दसौँ तहमा ७ वर्ष काम गरेको कार्यअनुभव हुनुपर्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण