अस्पतालबाट डिस्चार्ज भए एआर रहमान
आइतबार, ०३ चैत २०८१, १६ : २४
चेन्नई । ओस्कर अवार्ड विजेता संगीतकार तथा गायक एआर रहमान उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आइतबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । छातीमा गम्भीर दुखाइ भएपछि उनलाई चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
५८ वर्षीय संगीतकारलाई आज बिहान ७:३० बजे अस्पताल भर्ना गरिएको थियो, जहाँ उनको ईसीजी पनि गरिएको थियो। आकस्मिक वार्डमा भर्ना भएका एआर रहमानलाई विशेषज्ञ डाक्टरहरूको टोलीले निरन्तर निगरानीमा राखेको थियो। अस्पतालले एक विज्ञप्ति जारी गर्दै गायकमा डिहाइड्रेसनको लक्षण देखिएको उल्लेख गरिएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण