भोजपुर : सडक निर्माणको काम तीव्रगतिमा
बुधबार, २८ असार २०७४, १० : ३२
भोजपुर -सदरमुकामको प्रवेशद्वार हेलीडाँडा–पिपलधारा सडक निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकाको रु दुई करोड ६७ लाख बराबरको योजना मार्सेली निर्माण सेवाले ५५५ मिटर सडक निर्माण गरिरहेको हो ।
यही वैशाख २४ गते सम्झौता गरिएको योजना असार मसान्तभित्र सक्नुपर्ने भएकाले काम तीव्ररुपमा भइरहेको मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठले बताउनुभयो । ठेकेदार श्रेष्ठका अनुसार सडक निर्माण तथा कालोपत्रको काम भइरहेको छ ।
यसैबीच, सडक निर्माणका बेला सवारीसाधन बन्दले मार परेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका थिए तर वर्षाका कारण भोजपुर–लेगुवा सडकखण्डको करिब ३० किलोमिटर बाटो अवरुद्ध भएपछि सदरमुकाम आउने सबै यातायात ठप्प रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण