पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना

काठमाडौँ । नेपाली पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना भएका छन् । केही दिन अगाडि पोखरामा आयोजित एक कार्यक्रममा सम्मान लिने क्रममा उनको स्वस्थ्यमा अचानक समस्या देखिएको थियो । सोही समय तत्काल काठमाडौँ ल्याएर उनलाई आरूसी अस्पताल पुल्चोकमा भर्ना गरिएको हो । केही दिनदेखि उनको अस्पतालमा उपचार भइरहेको गायक यम बरालले बताए ।
केही अगाडि मिर्गौला प्रत्यारोपण गरेका विष्ट आज्मा (दम) को रोगबाट पनि पीडित छन् । कार्यक्रममा गएको समय उनको एउटा हात चल्न छोडेको थियो । अहिले भने धेरै सुधार भएको छ ।
‘ओम दाइ बोल्न त बोलिरहनुभएको छ । हात अझै सुन्निएको छ’, गायक बरालले भने– ‘अस्पताल ल्याउँदा भन्दा धेरै सुधार भएको छ ।’ डिस्चार्जपछि अमेरिका गएर उपचार गर्न आफूले सुझाव दिएको बरालले खुलाए ।
बरालसँगै बिस्टलाई भेट्न वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा पनि पुगेका थिए । विष्ट नेपालका प्रसिद्ध गायक हुन् । उनले गाएको ‘म मौनतामा अल्झिरहेको एउटा जीवन..’ नेपाली आधुनिक सङ्गीतमा कालजयी रचनाको रूपमा उल्लेख गरिन्छ । उनको अत्याधुनिक शैली प्रशंसकहरू माझ अति लोकप्रिय रह्यो भने आलोचकहरूको लागि उत्तिकै आलोच्य । उनको ‘म मौनतामा अल्झिरहेको’ को अलवा ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेऊ’, ‘तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ‘मलाई मात्रै हो कि प्रीति बिझाएको’ लगायत चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
-
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बन्धक
-
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
-
वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री
-
'नर्कभन्दा पनि खत्तम भयो गाजाको अवस्था'
-
‘जन्ते बाख्रो’बाट फर्किएका आशिफ भन्छन् – मेरो क्यारेक्टरजस्तै छ फिल्म