पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना
काठमाडौँ । नेपाली पप सम्राट ओमविक्रम विष्ट अस्पताल भर्ना भएका छन् । केही दिन अगाडि पोखरामा आयोजित एक कार्यक्रममा सम्मान लिने क्रममा उनको स्वस्थ्यमा अचानक समस्या देखिएको थियो । सोही समय तत्काल काठमाडौँ ल्याएर उनलाई आरूसी अस्पताल पुल्चोकमा भर्ना गरिएको हो । केही दिनदेखि उनको अस्पतालमा उपचार भइरहेको गायक यम बरालले बताए ।
केही अगाडि मिर्गौला प्रत्यारोपण गरेका विष्ट आज्मा (दम) को रोगबाट पनि पीडित छन् । कार्यक्रममा गएको समय उनको एउटा हात चल्न छोडेको थियो । अहिले भने धेरै सुधार भएको छ ।
‘ओम दाइ बोल्न त बोलिरहनुभएको छ । हात अझै सुन्निएको छ’, गायक बरालले भने– ‘अस्पताल ल्याउँदा भन्दा धेरै सुधार भएको छ ।’ डिस्चार्जपछि अमेरिका गएर उपचार गर्न आफूले सुझाव दिएको बरालले खुलाए ।
बरालसँगै बिस्टलाई भेट्न वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा पनि पुगेका थिए । विष्ट नेपालका प्रसिद्ध गायक हुन् । उनले गाएको ‘म मौनतामा अल्झिरहेको एउटा जीवन..’ नेपाली आधुनिक सङ्गीतमा कालजयी रचनाको रूपमा उल्लेख गरिन्छ । उनको अत्याधुनिक शैली प्रशंसकहरू माझ अति लोकप्रिय रह्यो भने आलोचकहरूको लागि उत्तिकै आलोच्य । उनको ‘म मौनतामा अल्झिरहेको’ को अलवा ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेऊ’, ‘तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ‘मलाई मात्रै हो कि प्रीति बिझाएको’ लगायत चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण