घाँटी हेरेर मात्र हाड निल्नुपर्छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् । काठमाडौँमा सोमवार आयोजित ‘ग्लोबल मनी विक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्यान्डेटको अलावा वित्तीय समावेशितालाई एउटा महत्त्वपूर्ण एजेन्डाका रूपमा लिएको बताए । उनले भन्नुभयो–‘भोलिका दिनमा आफू व्यक्तिगत रूपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यो त्यतिमा मात्रै सीमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरूले स्वच्छ बनाउन सघाउ पुर्याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रूपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यससम्बन्धी शिक्षाका लागि प्रयास गर्ने गरेको छ ।’
उनले थपे, ‘यो सिलसिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय साक्षरता, समावेशिता राख्न हामीले खोजेका छौँ । हाम्रो प्रयास भइरहेको छ, कसरी पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गर्ने भनेर यही वर्ष पनि पाठ्यक्रम विकास केन्द्रसँग संयुक्त रूपमा अन्तरक्रिया कार्यक्रम गरेका छौँ । वित्तीय शिक्षाको एउटा महत्त्वपूर्ण पाटो सेभिङ जरुरी छ । कोर सेभिङ जरुरी छ । जबरजस्त भए पनि वित्तीय संघ संस्थामार्फत बचत गर्नुपर्छ, सँगसँगै आफ्नो बजेटिङको पनि ख्याल गर्नुपर्छ । ’
गभर्नर अधिकारीले घाँटी हेरेर हाड निल्नु भनेजस्तै आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय साक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण