बाह्रखरी गल्फको आठौँ संस्करण चैत २३ गते
काठमाडौँ । आठौँ संस्करणको एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद यही चैत २३ गते काठमाडौँमा आयोजना हुने भएको छ । आयोजक बाह्रखरी मिडियाले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता तथा आर्थिक परिसंवाद आयोजना हुने जनाएको हो ।
गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब १२० जना कर्पोरेट गल्फरको सहभागिता रहने गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले जानकारी दिए । भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् । १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुने प्रतियोगीताका विजयीलाई गोल्डेन बल प्रदान गरिने आचार्यले बताइन् ।
कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टमा नै हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण