संसद् बैठक
सहकारीसम्बन्धी विधेयकमा विपक्षीले मागे मत विभाजन
सोमबार, ०४ चैत २०८१, २० : ४७
काठमाडौँ । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा विपक्षी सांसदहरूले मत विभाजनको माग गरेका छन् ।
प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरू मत विभाजनको माग गरेका हुन् । २८ जना सांसदले उठेर मत विभाजन गर्न माग गरेका हुन् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विधि र प्रक्रिया पुर्याएर मत विभाजनको माग गरेका थिए । उनको मागपछि सभामुख देवराज घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण