शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

करिब २५ करोड नगदसहित काठमाडौँबाट एकजना पक्राउ*

मङ्गलबार, ०५ चैत २०८१, १० : २१
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित एकजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट एकजनालाई पक्राउ गरेको हो । 

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।

काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ ।पक्राउ पर्ने  ट्रक चालक हुन् । 

यसअघि दुई जना भनिएकामा भुलसुधारसहित सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप