जेम्स रोड्रिग्वेज भन्छन्, ‘म जिनेदिन जिदान, लुका मोड्रिच र टोनी क्रुसभन्दा पनि महान खेलाडी हुँ’
काठमाडौँ । कोलम्बियाका चर्चित फुटबलर जेम्स रोड्रिग्वेजले दिग्गज खेलाडीहरुको बारेमा दिएको एक प्रतिक्रियाले अहिले सञ्चारमाध्यममा व्यापक चर्चा पाइरहेको छ ।
कोलम्बियन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ३३ वर्षीय आक्रामक मिडफिल्डर रोड्रिग्वेजले आफू फ्रान्सका पूर्वखेलाडी जिनेदिन जिदानभन्दा पनि महान खेलाडी भएको प्रतित्रिया दिएका थिए ।
सञ्चारकर्मीसँगको कुराकानीमा रोड्रिग्वेजले जिदानमात्र होइन, आफू क्रोएसियन खेलाडी लुका मोड्रिच र चर्चित जर्मन मिडफिल्डर टोनी क्रुसभन्दा पनि प्रभावशाली खेलाडी भएको बताएका थिए ।
रोड्रिग्वेज सन् २०१४ को विश्वकपमा चर्चित बनेका थिए । उनले उक्त विश्वकपमा उरुग्वेविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यो विश्वकपमा उनी कुल ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
सोही विश्वकपपछि उनी उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिमा आबद्ध हुन पुगेका थिए । उनी रियल म्याड्रिडमा खेलाडीको भूमिकामा रहँदा जिदान क्लबका प्रशिक्षक थिए ।
सोही अवधिमा लुका मोड्रिच र टोनी क्रुस पनि रियल म्याड्रिडबाटै व्यसायिक फुटबल खेल्थे । सञ्चारकर्मीले हालै रोड्रिग्वेजसँग रियल म्याड्रिडमा उनको करियर र विश्वका उत्कृष्ट खेलाडीको बारेमा प्रश्न गरेका थिए ।
सोही प्रश्नको जवाफ दिने क्रममा रोड्रिग्वेजले आफूलाई जिदान, मोड्रिच र क्रुसभन्दा पनि प्रभावशाली खेलाडीको सूचिमा राखेका हुन् । उनले आफूले आदर्श मान्ने खेलाडीको सूचिमा भने एमबाप्पे, बलिङ्घम र भिनिसियसलाई राखेका छन् ।
रोड्रिग्वेजले बलिङ्घमको निकै प्रसंशा गरे । उनले बलिङ्घम भविष्यमा यो ग्रहकै सर्वोत्कृष्ट खेलाडी बन्ने धारणा पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण