रवि ओड अभिनित ‘द्रौपदी’ ले पायो युनिभर्सल सर्टिफिकेट, सबैले हेर्न पाउने
काठमाडौँ । ऋषिराज आचार्य निर्देशित चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘द्रौपदी’ । फिल्म सबैले हेर्न पाउने भएका छन् ।
केन्द्रीय चलचित्र जास समिति ‘सेन्सर बोर्ड’ले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म सबैले हेर्न पाउनेछन् । फिल्मको सेन्सर पास भएको निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई प्रस्तुत गरिएको ‘द्रौपदी’को टिजर अनि 'कर्णाली काटौँला' गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।
फिल्ममा कथा, पटकथा, संवाद र गीतसमेत निर्देशन आचार्यको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण