दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
सोमबार, २२ असार २०८३, १९ : ४४
काठमाडौँ । विशेष अदालतले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पूर्वसदस्य धनराज ज्ञवाली र पूर्वसदस्य टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ ।
अदालतले दिगम्बर झालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । साथै सार्वजनिक संस्थाको प्रमुख पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ ।
त्यस्तै धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
उनीहरूले टेरामक्स प्रणाली खरिद गर्दा अनिवार्य रूपमा गर्नुपर्ने सम्भाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन र लागत अनुमानजस्ता कानुनी प्रक्रियाहरू पूरा नगरी बदनियतपूर्ण ढङ्गले खरिद प्रक्रिया अगाडि बढाएको अदालतको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण