आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
बेइजिङ । चिनियाँ एआई स्टार्टअप कम्पनी डिपसिकले आफ्नै एआई चिप विकास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले बताएका छन् ।
यो कदम सफल भएमा कम्पनीले आफ्ना लोकप्रिय एआई मोडेल सञ्चालन गर्न हाल निर्भर रहेको एनभिडिया र हुवावेका चिपमाथिको निर्भरता घटाउन सक्नेछ । रोयटर्ससँग कुरा गरेका यस मामिलासँग परिचित तीन स्रोतका अनुसार डिपसिकले विकास गरिरहेको चिप मुख्यतः इन्फरेन्सका लागि डिजाइन गरिएको हो । इन्फरेन्स भनेको प्रशिक्षित एआई मोडेलले प्रयोगकर्तालाई उत्तर दिने चरण हो । यो चिप नयाँ मोडेललाई प्रशिक्षण दिनका लागि भने नभएको बताइएको छ ।
यदि परियोजना सफल भयो भने डिपसिकको सेमिकन्डक्टर क्षेत्रमा प्रवेश कम्पनीका लागि ठुलो रणनीतिक परिवर्तन हुनेछ । चीनमा एआई क्षेत्रको अग्रणी कम्पनी मानिने डिपसिकको यो कदमले चिनियाँ प्रविधि कम्पनी हुवावेसमेत प्रतिस्पर्धात्मक दबाबमा पर्न सक्ने विश्लेषण गरिएको छ ।
डिपसिकले एक वर्षअघि सार्वजनिक गरेको दुई वटा अत्यधिक दक्ष एआई मोडेल विश्वभर चर्चित बनेका थिए । ती मोडेलले सिलिकन भ्याली र वासिङ्टनका धेरैलाई आश्चर्यचकित बनाएको थियो ।
कम्पनी हालसम्म मुख्यतः एआई मोडेलमा प्राविधिक उपलब्धि हासिल गर्न केन्द्रित रहँदै आएको थियो, व्यावसायिक उत्पादन विकासमा भने कम सक्रिय रहेको मानिन्छ ।
अमेरिकाले चीनमा एनभिडियाका उन्नत एआई चिप निर्यातमा प्रतिबन्ध लगाएपछि हुवावेलाई घरेलु बजारमा ठुलो अवसर मिलेको छ । स्रोतहरूका अनुसार चीनको करिब ५० अर्ब अमेरिकी डलर बराबरको एआई चिप बजारमा हुवावेले झन्डै आधा हिस्सा ओगटेको छ र डिपसिकसहित धेरै प्रमुख कम्पनीलाई चिप आपूर्ति गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
-
अर्जेन्टिनाको इतिहासमाथि धावा बोल्ने इजिप्टको सपना
-
लेखा समितिमा ‘पावर स्ट्रगल’ : उपसमितिको नेतृत्वमा रास्वपाको दाबी र प्रतिपक्षको विद्रोह
-
सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
-
ओलीले अध्यक्ष पद छाड्नु नै पुनर्गठनको प्रारम्भ हो : सिंह
-
‘कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी प्रमाणित गरे राजनीति नै छोडिदिन्छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण