सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् ।
- उनले सरकारले सय बुँदामा तोकेका कामहरूमध्ये ८७.२ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व काम भएको तर्क गरे ।
- अर्थ मन्त्रालयले भने सय बुँदा मध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको बताए ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकेका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व काम भएको तर्क गरे । विधेयकलगायतका कतिपय विषयहरू सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टीकरण दिँदै उनले अर्थ मन्त्रालयले भने सय बुँदा मध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको बताए ।
सदनमा बोल्दै अर्थमन्त्री वाग्लेले भने, ‘सय दिनको प्रसङ्ग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते भएको छ । यो आफैमा अभूतपूर्व होला । आफैले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर आफू त्यसैमा खरो उत्रनका लागि सरकारले आफूले इमानदार रूपमा प्रयासरत छ । केही कामहरू निरन्तर छन् । विधेयक पेस गर्ने जस्ता कुराहरू त्यो हाम्रो कन्ट्रोलमा मात्रै नभएको हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका सबै कामहरू फत्ते गरेको छ ।’
अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचन अघि जनतासामु गरेको वाचा र प्रतिबद्धता अनुसार नै देश र जनताको हितमा केन्द्रित भएर काम गरिरहेको समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण