भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने नक्कली बुवा पक्राउ
काठमाडौँ । सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अमानत मिया रहेका छन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा वडा नम्बर ३ मा बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको खुलेको थियो ।
नरहाका एक स्थानीयले आज साँझ अमानत मियाँलाई पक्राउ गरी प्रहरीले लगेको बताए । यसैगरी वडाध्यक्ष अन्सारीको पनि प्रहरीले खोजी गरिरहेको छ ।
भारतीय नागरिक मियाँले वडा अध्यक्ष अन्सारीलाई एक लाख भारु दिएर नागरिकताका लागि सिफारिस गराएको आरोप छ । यो विषय केही अघि जसपा नेपालका उपाध्यक्ष राज किशोर यादवले समेत संसदमा उठाएका थिए ।
पछि जसपा नेपालका नेता विजय यादवको नेतृत्वमा सिराहाका सिडिओ बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएर वडाध्यक्षसहितलाई कारबाहीको माग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण