भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने नक्कली बुवा पक्राउ

काठमाडौँ । सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अमानत मिया रहेका छन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा वडा नम्बर ३ मा बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको खुलेको थियो ।
नरहाका एक स्थानीयले आज साँझ अमानत मियाँलाई पक्राउ गरी प्रहरीले लगेको बताए । यसैगरी वडाध्यक्ष अन्सारीको पनि प्रहरीले खोजी गरिरहेको छ ।
भारतीय नागरिक मियाँले वडा अध्यक्ष अन्सारीलाई एक लाख भारु दिएर नागरिकताका लागि सिफारिस गराएको आरोप छ । यो विषय केही अघि जसपा नेपालका उपाध्यक्ष राज किशोर यादवले समेत संसदमा उठाएका थिए ।
पछि जसपा नेपालका नेता विजय यादवको नेतृत्वमा सिराहाका सिडिओ बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएर वडाध्यक्षसहितलाई कारबाहीको माग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल