मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित
मङ्गलबार, ०५ चैत २०८१, २३ : १८
रामेछाप। रामेछाप जिल्लाको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु)को प्यानल नै निर्वाचित भएको छ । मंगलबार राति सकिएको मतगणनाअनुसार क्याम्पसको स्ववियु सभापतिसहित अन्य पदमा अनेरास्ववियुको प्यानलै विजयी भएको हो ।
क्याम्पस स्ववियु सभापतिमा अनेरास्वयवियुका सुशिल थापा २०७ मतसहित निर्वाचित भए । सभापतिमा नेविसंघका उम्मेदवार विपुल रोकाले १५२ मत पाएका छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीका अनुज भुजेलले ६५ मत पाए ।
सचिवमा मुकेश भन्डारी १८५ मतसहित र कोषाध्यक्षमा मसली तामाङ २०३ मत ल्याउँदै निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा तुलसा उप्रेती, यलिना माझी, जीवन पहरी र मनोज श्रेष्ठ निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण