सिराहामा एसइई सुरु भएको २० मिनेटमै अङ्ग्रेजी विषयको प्रश्नपत्र आउट
सिराहा । सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।
निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ।
यद्यपि जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताएका छन् । उनले भने, ‘पात समेत हल्लिन दिइएको छैन। प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ। कहाँबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ।’
परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएता पनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गर्छ।
जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण