आईपीएलमा फेरि लागू हुँदैछ यो नियम, दबाबमा पर्न सक्छन् ब्याट्सम्यान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको यो १८ औँ संस्करण हो । प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडेन गार्डेन्समा खेलिनेछ ।
आयोजकदेखि लिएर सहभागी टोलीहरुसमेत प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त रहँदा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) भने एउटा पुरानो नियम पुनः आईपीएलमा ब्यूँताउने तयारीमा जुटेको छ । आईपीएलमा यो नियम फेरि लागू भएमा ब्याट्सम्यानहरु अप्ठ्यारोमा पर्न सक्छन् । यो नियमले बलरलाई फाइदा पुग्नेछ । कोरोना भाइरसको महामारीले विश्वलाई गाँज्नुअघि आईपीएलमा यो नियम कायमै थियो ।
खासमा खेलका क्रममा बलरहरुले बललाई चम्काउन थुक वा ¥याल दल्ने गर्थे । यसरी पटक–पटक बलको एकतर्फ मात्र र्याल दलिरहँदा बल चम्किलो देखिन्थ्यो । बलको एउटा भाग चम्किलो हुन्थ्यो भने अर्को भाग विस्तारै खस्रो बन्दै जान्थ्यो ।
यस्तो स्थितिमा बलरहरुका लागि बललाई ‘रिभर्स स्विङ’ गराउन सजिलो हुन्छ । बलरले फालेको ‘रिभर्स स्विङ’ बललाई खेल्न ब्याट्सम्यानका लागि भने निकै अप्ठ्यारो हुन्छ । त्यसैले यो नियम बलरका लागि गतिलो अस्त्र सावित हुने गरेको थियो । तर, विश्वब्यापी रुपमा कोरोना महामारी फैलिएपछि यो नियमलाई हटाइएको थियो ।
थुकबाट कोभिड फैलन सक्ने भएकाले यो नियम हटाइएको हो । तर, अहिले आएर बीसीसीआईले त्यही नियम पुनः लागू गर्ने तयारी अगाडि बढाएको छ । यो विषयमा छलफल गर्न बीसीसीआईले आईपीएलमा सहभागी १० वटै टोलीका कप्तानसहितको बैठक मुम्बईमा आयोजना गर्दैछ । यदि कप्तानहरु सहमत भएमा आईपीएलको १८ औँ संस्करणमा यो नियम पुनः लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण