‘सगरमाथा संवाद जलवायु न्यायका लागि आवाज उठाउने महत्त्वपूर्ण फोरम’
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सगरमाथा संवाद जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरमको रूपमा नेपालले उपयोग गर्नुपर्ने धारणा राखेकी छन् । विश्व पानी दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा भएको अन्तरक्रियामा उपाध्यक्ष घिमिरेले विश्वका धेरै राष्ट्रप्रमुख उपस्थित हुने फोरमलाई नेपालले जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरमको रूपमा उपयोग गर्नुपर्ने धारणा राखेकी हुन् ।
‘विश्वका ४ सय भन्दा बढी देशका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको फोरममा हिमाली क्षेत्रमा देखिएका प्रभावका बारेमा विश्वको ध्यान जानेछ भने ठुला र औद्योगिक देशले कार्बन उत्सर्जन गर्ने तर त्यसको नकारात्मक परिणाम हामी जस्ता हिमाली देशले भोग्नु परेका कारण क्षतिपूर्तिको आवाजलाई पनि बलियो बनाउन मद्दत गर्नेछ’ उनले जलवायु न्यायका लागि आवाज उठाउने सबैभन्दा महत्त्वपूर्ण फोरमको रूपमा नेपालले सगरमाथा फोरमलाई प्रयोग गर्नुपर्ने बताइन् ।
जलवायु परिवर्तन र तापक्रम वृद्धिले हिमालय क्षेत्रमा परेको नकारात्मक प्रभावबारे विश्वको ध्यानकृष्ट गराउन जेठमा सगरमाथा संवादको आयोजना हुँदैछ । विश्व पानी दिवसको यस वर्ष हिमनदी संरक्षण सम्बन्धी नारा तय गरेर नेपाल जस्तो हिमाली देशका लागि हिमनदीहरूको संरक्षणको मुद्दालाई विश्वव्यापी बनाउन अझ ठुलो मद्दत गरेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले विश्वमा बढ्दो तापमानलाई नियन्त्रण नगर्ने हो भने भावी पुस्ताका लागि पानीको स्रोत संरक्षण गरिदिन हामी असफल बन्ने खतरा बढेको बताइन् ।
‘हिमनदीमा आउने सङ्कटले नेपाललाई सबैभन्दा बढी असर गर्नेछ । पानी नै ऊर्जा, सिँचाइ र खानेपानीको स्रोत हो । हिमनदी संरक्षण दिन सके मात्रै हामीले शुद्ध पानीको स्रोत सुरक्षित गर्न सक्नेछौ’ उनको भनाई छ ।
उपाध्यक्ष घिमिरेले सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धि अन्तर्राष्ट्रिय रूपमा नेपालले गरेको प्रतिबद्धता र स्वच्छ खानपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने नेपालको संविधानले नै व्यवस्था गरेको मौलिक हकलाई समेत ध्यानमा राखेर यस सम्बन्धी ऐन र नीतिहरूको तर्जुमा र भएका नीतिहरूको पुनरावलोकन गर्दै जानुपर्ने कुरामा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण