रुसी गायक लुजिन काठमाडौँमा
काठमाडौँ । रुसी गायक मिसा लुजिन काठमाडौँ आएका छन् । धुलिखेलमा आयोजना हुने ‘वर्ल्ड यूथ फेस्टिभल २०२५’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भादगाउँले टोपी सहित फेस्टिभलका मनोरञ्जन प्रमुख दयाराम पाण्डेले स्वागत गरे ।
केही चर्चित रुसी फिल्ममा समेत आवाज दिएका गायक लुजिनले फेस्टिभलमा प्रस्तुति दिनेछन् । उनको अलवा फेस्टिभलमा भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, बेलायत, बेल्जियम लगायतका मुलुकका कलाकार पनि आउने भएका छन् ।
चैत १४ गतेदेखि १८ गतेसम्म काठमाडौँ विश्वविद्यालयमा हुने फेस्टिभलमा फिल्म, साहित्य, सङ्गीत, स्वास्थ्य, शिक्षा, राजनीतिबारेका तीन दर्जन छलफल सत्र हुनेछन् । एलिना चौहान, अस्मिता अधिकारी, शान्तिश्री परियार, बद्री पङ्गेनी, महेश काफ्ले, दीपक लिम्बु, माण्डवी त्रिपाठी, श्रीकृष्ण बम मल्ल लगायतको पनि प्रस्तुति रहने आयोजकले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण