धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
शुक्रबार, ०८ चैत २०८१, २२ : ५७
काठमाडौँ । प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद गरेको छ । शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा बरामद गरेको हो ।
प्रहरीले गाँजासहित म.प्र.०३–००२ ख २५२० नम्बरको मिनी ट्रक र सो ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएको छ । ३२ वटा प्लास्टिकका पोकामा बेरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, ट्रक र चालकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण