धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
शुक्रबार, ०८ चैत २०८१, २२ : ५७

काठमाडौँ । प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद गरेको छ । शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा बरामद गरेको हो ।
प्रहरीले गाँजासहित म.प्र.०३–००२ ख २५२० नम्बरको मिनी ट्रक र सो ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएको छ । ३२ वटा प्लास्टिकका पोकामा बेरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, ट्रक र चालकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’
-
वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकियो
-
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
-
डाक्टर र प्रहरीबिच धकेलाधकेल, तस्बिरमा हेर्नुहोस्