पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
काठमाडौँ । नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ । डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुङ्ग्याइएको हो । १३ जना पदाधिकारीहरूलाई संयोजक तोकेर विभाग गठन गरिएको केन्द्रीय समितिका सचिव रमेश खतिवडाले जानकारी दिए ।
विभाग गठन सँगै महासंघले अब आफ्ना नियमित गतिविधिमा थप तीव्रता दिने सचिव खतिवडाले जानकारी दिए । उनका अनुसार अध्यक्ष निर्मला शर्मालाई नीति परामर्श तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक तोकिएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभाग, उपाध्यक्ष नितु पण्डितलाई महिला तथा कानुन विभाग, उपाध्यक्ष उमिदप्रसाद बागचनलाई प्रकाशन तथा समावेशी विभाग, महासचिव रामप्रसाद दाहाललाई सङ्गठन तथा समन्वय विभागको संयोजक तोकिएको छ । यस्तै सचिव रमेश खतिवडालाई पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभागको जिम्मेवारी दिइएको छ ।
सचिवहरु सोनी शर्मालाई प्रशिक्षण विभाग, सविन प्रियासनलाई साना लगानीका मिडिया प्रवर्द्धन र आदिवासी जनजाति विभाग, अशोक तिवारीलाई मधेस तथा मोफसल मिडिया विभाग, प्रकाश धौलाकोटीलाई डिजिटल मिडिया तथा दलित विभाग, वैकुण्ठ पराजुलीलाई विधागत तथा एशोसियट समन्वय विभाग तोकिएको छ ।
यस्तै महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीलाई आर्थिक स्रोत पहिचान तथा परिचालन विभाग र लेखा समिति संयोजक केसी लामिछानेलाई आर्थिक अनुशासन तथा कार्य मूल्याङ्कन विभागको संयोजक तोकिएको सचिव खतिवडाले जानकारी दिए ।
यस्तै महासंघमा व्यावसायिक पत्रकारहरूको आबद्धता बढाउन नयाँ सदस्यता र नवीकरणका लागि सबै शाखाहरूलाई परिपत्र गरिने भएको छ । अन्तिम समयमा आएर सदस्यतामा अल्झिदा चुनाव समयमा नहुने यसअघिको समस्या आउन नदिन सदस्यता जुनसुकै बेला शाखाहरूमा आवेदन गर्न पाउने र विधानअनुसार म्याद सकिने बित्तिकै विधानअनुसार नवीकरण प्रक्रिया अनिवार्य अगाडी बढाउन लागिएको हो ।
साथै महासंघले आफ्ना शाखाका सदस्यहरूको तस्बिरसहित नाम, स्थायी ठेगाना, नागरिकता नम्बर, कार्यरत मिडिया, मोबाइल नम्बर शैक्षिक योग्यता सहितको विवरण शाखाको वेभसाइट वा फेसबुक पेज मार्फत सार्वजनिक गर्न निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण