दलितको घर भत्काएको प्रकरण : प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै
सिरहा । सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई बचाउने प्रयास सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयभित्रै पञ्चायती ‘सामाजिक छलफल’ गरी मिलापत्र गराउने प्रयास गरिएको हो । जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका मरिकलाई सामाजिक छलफलमा अलमल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयभित्र विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित अगुवाहरूलाई बोलाएर ‘गाउँ घरको घटना हो, मिल्नु/मिलाउनुपर्छ’ भनेर पैरवी गरिन थालिएको छ । पञ्चायतीमा पत्रकारहरूलाई भने प्रवेश गर्न रोक लगाइएको छ ।
बिहान १० बजे जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका दीपक मरिकको जाहेरी दिउसो १ बजेसम्म दर्ता भएको छैन । उनलाई पञ्चायतीमा भुलाएर सम्झाइ बुझाइ गर्ने प्रयास भइरहेको छ ।
दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भने छुवाछुतको अपराधमा मिलापत्र नहुने बताएका छन् । ‘रिंकु सदाको बलात्कार घटनामा पञ्चायती गरे जस्तो गर्नु हुँदैन’ भनेर उनले अडान लिएका छन् ।
सांसदहरू, मिडिया र दलित आन्दोलनको दबाबका कारण प्रहरीले हिजो शुक्रवार अपराह्न पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको थियो ।
दलितको घर भत्काउने आरोपीहरू पक्राउ परेपछि आज पीडित दीपक मरिक जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण