राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुृलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।
जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा.भट्टराईले संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधतामाथिको प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लैजाने भएकाले सचेत रहन आग्रह गरे ।
डा. भट्टराईले अग्रगामी राजनीतिक विकल्प सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औँल्याउँदै, यस्तो प्रणाली भएमा स्थिरता आउने उल्लेख गरे । सङ्घीयतासम्बन्धी आवश्यक नियम तथा कानुन समयमै नबनाइएकाले सङ्घीयता ठीक ढङ्गले अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण