धादिङको आदर्श बहुमुखीमा क्रान्तिकारीद्वारा स्ववियु घोषणा
धादिङ । धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु घोषणा गरेको छ । स्ववियु निर्वाचन नगरेर विद्यार्थीका अधिकारमाथि क्याम्पस प्रशासनले कुठाराघात गरेको भन्दै क्रान्तिकारीले स्ववियुको कार्यसमिति घोषणा गरेको हो । क्याम्पसका ५१ प्रतिशत विद्यार्थीहरूको साथमा स्ववियुको कार्यसमिति घोषणा गरेको हो ।
क्रान्तिकारीले गणेश पाण्डेको अध्यक्षतामा ११ सदस्यीय स्ववियु गठन गरेको हो । समितिको उपाध्यक्षमा सुस्मिता बरुवाल, सचिवमा गरिमा लामिछाने, कोषाध्यक्षमा सुमन डीसी, सह–सचिवमा कुशल सुवेदी रहेका छन् ।
अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले क्याम्पस प्रशासनले स्ववियुको निर्वाचन गराउन नचाहेपछि आफूहरूले स्ववियु गठन गरेको बताए ।
उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तारा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रशासन र निर्वाचन समितिले सर्वसम्मत तथा चुनावी माध्यमबाट समेत स्ववियु गठन गर्न नसकेपछि ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरसहित स्ववियु प्यानल घोषणा गरिएको अध्यक्ष रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण