समाचार
अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
आइतबार, १० चैत २०८१, २१ : २२
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतिएको छ ।
संसद्बाट पास भई हालै राजपत्रमा प्रकाशित भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०८१ को व्यवस्थाले स्टिङ अपरेसन ब्युँत्याएको हो ।
सर्वोच्च अदालतले नियमावलीमा भएको व्यवस्था बदर गरेपछि अख्तियारले चार वर्षदेखि आफैँले नगद रकम दिएर ‘रंगेहात’ घुससम्बन्धी कारबाही गर्न सकेको थिएन। संशोधित ऐनले अख्तियारलाई घुस मागेको सूचना पाए आफ्नै कर्मचारी वा अरूलाई त्यसबापत रकम उपलब्ध गराई ‘रंगेहात’ कारबाही गर्न सक्ने कानुनी अधिकार पुनर्स्थापित गरेको हो ।
२०७८ वैशाखमा घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेसन रोक्ने सर्वोच्चले फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण