आखेटोपहार सहित युवक पक्राउ
आइतबार, १० चैत २०८१, २२ : ०८

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ बाट प्रहरीले आखेटोपहार सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङ छन् ।
मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेका तामाङको साथबाट सालकको खपटा ८ थान, नङ्ग्रा १ थान र एकथान हड्डी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । दुम्सीको काँडा जस्तो देखिने ३ थान बस्तु पनि प्रहरीले बरामद गरेको छ ।
कम्मरमा भिर्ने झोलामा आखेटोपहार लिएर उनी काठमाडौँ आउँदै थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
-
पीएम कप भलिबल अर्को महिनामा हुने
-
राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’