कुलमानलाई हटाएर सरकारले जनतालाई आक्रोशित बनाउने काम गर्यो : भुसाल
काठमाडौँ । पूर्वऊर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारले जनतालाई आक्रोशित बनाउने काम गरेको बताएकी छन् ।
मंगलबार रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले सबै क्षेत्रमा असफल वर्तमान सरकारले करिब ४ महिना कार्यकाल बाँकी रहेको पदाधिकारीलाई हटाएर जनतालाई आक्रोशित तुल्याएको बनाइन् ।
उनले भनिन्, ‘नेपाललाई लोडसेडिङको समस्याबाट मुक्त गर्न उज्यालो नेपालको सफल व्यवस्थापक र सिङ्गो देशलाई विद्युतीकरण गर्ने अभियानलाई सफल बनाउने नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय सर्वथा गलत छ ।’
माओवादी पार्टी नेतृत्वको सरकार र पटक पटक मन्त्रालयको नेतृत्व गरेको बेला २ कार्यकाल कार्यकारी निर्देशकमा जिम्मेवारी पाएका कुलमान घिसिङले घाटामा गएको संस्थालाई नाफामा लगेको र जनतामा समेत स्थापित पात्र बन्न पुगेको भुसालले बताइन् ।
भुसालले कुलमानबारेको निर्णयले वर्तमान सरकार दलाल र माफियाको लागि कामका लागि बनेको स्पष्ट भएको जिकिर गरेकी छन् । उनले तत्काल निर्णय सच्याउन आग्रह समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण