रामप्रसाद खनालको नयाँ गीत ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक
मङ्गलबार, १२ चैत २०८१, १२ : २०
काठमाडौँ । वरिष्ठ लोकदोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘पानी लिन जाँदा खेरी’ रिलिज गरिएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका खनालले हालै नेपाल आएको बेला उक्त गीत निर्माण गरेका हुन् ।
गीतमा खनालकै शब्द छ भने स्वरमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । गीतमा सङ्गीत तथा एरेन्ज कमल सौरागको रहेको छ ।
गीतको भिडियोमा कलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता गजित विष्टको अभिनय छ । भिडियोमा गायक खनालको पनि अभिनय देख्न सकिन्छ ।
सुरेन्द्र बसेलको निर्देशन रहेको राकेश दाहालले सम्पादन गरेका हुन् । खनालले ‘पानी लिन जाँदा खेरी’ गीतमा माया प्रेमकै कुरा उठाएका छन् । भिडियोको कथा पनि यही हो ।
पत्रकारिताको अलावा गायनमा पनि लामो समयदेखि सक्रिय खनालका लोक, आधुनिक, दोहोरी, धार्मिक भजन लगायत गरेर हजार बढी गीत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण