प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक भएन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेले प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुन नसकेको बताएका छन् ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने सरकारको संकल्पलाई सफल पार्न नदिन प्रयत्न भइरहेको बताएका हुन् ।
‘त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् । यद्यपि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो’, प्रधानमन्त्री आलीले भने, ‘तर त्यस्तो भइरहेको छैन । देखिँदैन ।’
उनले अहिलेको प्रतिपक्ष कसरी आफूबाहेक अरू र सरकालाई बदनाम गर्न सकिन्छ भन्नेतर्फ लागेको आरोप लगाए ।
‘कसरी सत्यलाई ढाँट्न र झुटलाई फैलाउन सकिन्छ भन्नेमा उहाँहरू सक्रिय हुनुहुन्छ । अनावश्यक कुरामा हामीलाई अल्झाउन र ड्राइभर्ट गर्न खोज्छन् तर हामी आफ्ना काममा केन्द्रित हुन्छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण